२८ वटा ठेक्का अलपत्र पारेर १७ ठेकेदार सम्पर्कविहीन

१३ बैशाख २०७९, मंगलवार १३:०३

सडक डिभिजन कार्यालय, दमौलीअन्तर्गतका २८ वटा ठेक्का लिएका १७ ठेकेदार सम्पर्कविहीन भएका छन् ।

कार्यालयले मंगलबार सूचना जारी गर्दै ती ठेकेदारहरू सम्पर्कविहीन भएको जानकारी दिएको हो ।

कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार बढी ठेक्का लिएर काम अलपत्र पार्ने दुई ठेकेदार कम्पनी छन्, इन्द्रपुरी कन्स्ट्रक्सन फर्म र खड्गदेवि कन्स्ट्रक्सन ।

राजेन्द्र भण्डारीद्वारा सञ्चालित इन्द्रपुरीले चारवटा ठेक्का अलपत्र पारेको छ ।

कलमकुमार श्रेष्ठ सञ्‍चालक रहेको खड्गदेविले पाँच वटा ठेक्का अलपत्र पारेको छ ।