किन ओलीले कार्यकर्तालाई आक्रामक बन्न निर्देशन दिए ?

१३ बैशाख २०७९, मंगलवार ११:५१

कार्यकर्तालाई साह्रै भलाद्मी नहुनु एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका छन्।

ओलीले गएको निर्वाचनमा भरतपुर महानगरपालिकाको घटनातर्फ संकेत गर्दै कार्यकर्तालाई साह्रै भलाद्मी नहुन निर्देशन दिएका हुन्।
मनमोहन स्मृति दिवसको अवसरमा बोल्दै उनले भने, साह्रै भलाद्मी हुने होइन। ठिक्क भलाद्मी हुने। कसैले न्याय मार्न खोज्यो भने जिउँदो भएर उभिनुहोस्। सत्ता गठबन्धन फेरि पनि चुनाव सार्न नै सक्रिय भएको उनले आरोप लगाउँदै त्यस्तो गर्न नदिइने बताए। अझै पनि मुद्दा हालेर चुनाव सार्न परामर्श भइरहेको छ। अव कुनैपनि हालतमा चुनावमा सर्दैन। मत बढाउन र जोगाउन सक्रिय हुनुहोस्, उनले भने।

ओलीले गएको निर्वाचनमा भरतपुर महानगरपालिकाको घटनातर्फ संकेत गर्दै कार्यकर्तालाई साह्रै भलाद्मी नहुन निर्देशन दिदै सत्ता गठबन्धनले फेरि पनि चुनाव सार्न सक्रिय भएको आरोप समेत लगाए ।