किन कपिलवस्तुमा सहोदर काका भतिजा कांग्रेस र एमालेबाट प्रतिस्पर्धा गर्दै छन् ?

१३ बैशाख २०७९, मंगलवार ११:२६

आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कपिलवस्तुमा एकै परिवारका सदस्य बीच प्रतिस्पर्धा हुने भएको छ ।

कृष्णनगर नगरपालिकामा कांग्रेसका तर्फवाट मेयर रजत प्रताप शाह र एमालेका तर्फवाट मेयर कुनाल प्रताप शाह बीच प्रतिस्पर्धा हुने १२ बैशाखमा भएको उम्मेदवारी दर्ताको प्राप्त प्रारम्भीक विवरणबाट देखिएको छ । कांग्रेसका तर्फवाट मेयर रजत प्रताप शाह र एमालेका तर्फवाट मेयर कुनाल प्रताप शाह सहोदर काका भतिजा हुन्।

यसैगरी बाणगंगाको वडा नं ७ मा पनि सहोदर २ भाई चुनावी प्रतिस्पर्धामा होमिएका छन् । मोतिपुरका पूर्ब गाविस अध्यक्ष समेत रहेका नेत्र गिरीले जनता समाजवादीवाट र निवर्तमान वडाध्यक्ष विष्णु गरीले एमालेवाट उम्मेदवारी दर्ता गराएपछि टक्कर हुने भएको हो ।

यता लामो समय बृजेश कुमार गुप्तासंग राजनितिक सामिप्यता राखेका सुदिप पौडेल र सुनिता गुप्ताले उनको साथ छाडेर कपिलवस्तु नगरमा जसपावाट मेयर र उपमेयरको उम्मेदवार बने । पाँच दलिय गठबन्धन असफल भएपछि कपिलवस्तुको वाणगंगामा माओवादी ,एकिकृत समाजवादी , जनमोर्चा र जसपाको चारदलिय गठबन्धन वनेर मेयरमा देवराज अर्याल र उपमेयरमा कमल भटराइले उम्मेदवारी दिने गरी एकाएक राजनीतिमा उदाए ।

नेकपा एमाले तर्फबाट कुनाल प्रताप शाह र नेपाली कांग्रेसका तर्फबाट रजत प्रताप शाह बीच प्रतिस्पर्धा हुने देखिएको छ । ती दुवै जना कृष्णनगरको न.पा.का मेयरका उम्मेदवार नाताले सहोदर काका भतिजा हुन्।