आजदेखि पालिका चुनावका लागि आवश्यक पर्ने मतपत्र निर्वाचन आयोगले ढुवानी सुरु गर्ने तयारी गरेको छ ।
निर्वाचन आयोगले मतपत्र ढुवानीका लागि आवश्यक परेमा हेलिकप्टर पनि प्रयोग गर्ने तयारीमा छ । दुर्गमका जिल्लाका लागि सुरुमा मतपत्र छापिएको र अहिले क्रमशः सुगमका जिल्लाका लागि मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ ।
आगामी ३० गते हुने चुनावका लागि आवश्यक पर्ने मतपत्रको ८० प्रतिशत छपाइ सकिएको आयोगले जनाएको छ । हिजोसम्ममा ६३ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मतपत्रको छपाइ सकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
बाँकी जिल्लाको मतपत्र छाप्ने काम भइरहेको उनले बताए । पालिका चुनावका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान छ । यसैबीच, निर्वाचन आयोगले ७७ वटै जिल्लामा निर्वाचन सामग्री पठाउने काम पूरा गरेको जनाएको छ ।
निर्वाचन आयोगका अनुसार आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि दुर्गमका जिल्लाका लागि सुरुमा मतपत्र छापिएको र अहिले क्रमशः सुगमका जिल्लाका लागि मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ ।

