अर्घाखाँचीको ६ स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष र सदस्यमा कति जनाले उम्मेदवारी दर्ता गराए ?

१२ बैशाख २०७९, सोमबार १५:३६

बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि अर्घाखाँची जिल्लामा उम्मेदवारको मनोयन दर्ता जारी छ ।

मनोयन दर्ता गर्ने समय आज बिहान १० देखि अपराह्न ५ बजेसम्म तोकिएको छ । ६ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारले मनोनयन दर्ता गरिरहेका छन्।

निर्वाचन कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि उम्मेदवारको मनोयन प्रक्रिया शुरु भएको थियो । निर्वाचन आयोगले गत चैत ४ गते उम्मेदवारको मनोयन दर्ता दुई दिन गर्ने गरी निर्वाचन कार्यतालिका प्रकाशन गरेको थियो ।

उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिन सबै पदमा दर्ता भएका उम्मेदवारीको विवरण अद्यावधिक हुने क्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ । जिल्लाका ६ स्थानीय तहमा निर्वाचन मनोनयनको पहिलो दिन प्रमुख पदमा १४ जन र उपप्रमुखमा ७ जना तथा वार्ड अध्यक्षमा ३९ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

जिल्लाका ६ स्थानीय तहमा निर्वाचन मनोनयनको पहिलो दिन प्रमुख पदमा १४ जन र उपप्रमुखमा ७ जना तथा वार्ड अध्यक्षमा ३९ जना, सदस्यहरु गरी १२३ जनाले उम्मेदवारी गराएका थिए । हिजो एमाले, रा.प्र.पा र केही स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता दिएका छन् ।

वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका छ । वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।