अर्घाखाँचीमा माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगायो कुन कुन पालिकाबाट को को उम्मेदवार भए ?

१२ बैशाख २०७९, सोमबार १४:५३

अर्घाखाँचीमा माओवादी केन्द्रले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उठ्ने उम्मेदवार चयन गरेको छ ।

माओवादी केन्द्रले आज मनोनयनको अन्तिम दिन उम्मेदवारको टुंगो लगाएको हो । माओवादी केन्द्रले सन्धिखर्क नगरपालिकाको उपप्रमुखमा राजेन्द्र भुसाल, सितगंगा नगरपालिकाको उपप्रमुखमा टीका रेश्मी, भुमिकास्थान नगरपालिकाको उपप्रमुखमा बालकृष्ण बञ्जाडे र मालारानी गाउँपालिकाको अध्यक्षमा पदम क्षेत्री लाई चयन गरेको छ ।

 

यस्तै गठबन्धनतर्फबाट सन्धिखर्क नगरपालिकाको मेयरमा शान्ता भण्डारी उमेदवारको लागि सिफारिस भएकी छन् ।