प्रचण्डले किन स्थानीय निर्वाचनसम्म हरेक साता पत्रकार सम्मेलन गर्दैछन् ?

१२ बैशाख २०७९, सोमबार ११:१६

स्थानीय निर्वाचनसम्म हरेक साता माओवादी केन्द्रले पत्रकार सम्मेलन गर्ने भएको छ। साताको हरेक सोमबार स्थानीय तहको निर्वाचनबारे जानकारी दिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलन गर्न लागेको हो।

आज पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १२ बजे प्रचण्डले पत्रकार सम्मेलन गर्दैछन्। उनले स्थानीय तह निर्वाचनको तयारी र गठबन्धनभित्रको समझदारीबारे जानकारी दिनेछन्।