स्वतन्त्रतर्फबाट साहले र अजिजले उम्मेदवारी दर्ता गराए

११ बैशाख २०७९, आईतवार १४:२८

बालेन साहले काठमाडौं महानगरपालिकाको मेयर पदमा उमेदवारी दिएका छन् ।

साहले आज स्वतन्त्रतर्फबाट काठमाडौंको राष्ट्रिय सभागृहस्थित निर्वाचन कार्यालयमा पुगेर उमेदवारी दर्ता गराएका हुन् ।स्थानीय तह निर्वाचनका लागि देशभर उमेदवारी मनोनयनपत्र दर्ता भइरहेको छ । यसै क्रममा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपालगन्जमा ३० वर्षीय अब्दुल अजिजले पहिलो उम्मेदवारी दर्ता गराएका छन् ।

आफूहरूले मत दिएर निर्वाचित गरेका जनप्रतिनिधिहरूले वडाको विकास गर्न नसकेकाले आपूले स्वतन्त्र उम्मेदवारी दिएको अजिजले बताए । अजिजले वडा नम्बर ५ को वडा अध्यक्षका लागि उम्मेदवारी दिएका हुन् ।