४२ वर्षको उमेरमा सांसद झाको अल्पायूमै निधन

११ बैशाख २०७९, आईतवार ०८:४६

लोसपाकी मधेस प्रदेश सांसद एवम् संविधानसभा सदस्य डा.डिम्पलकुमारी झाको निधन भएको छ।

डा.झा लोसपा नेता तथा संघीय सांसद अनिल झाको श्रीमती हुन् । रौतहट घर भएकी डा.झा दुईवर्ष देखि क्यान्सर रोगबाट पीडित थिइन्। उनको ४२ वर्षको अल्पायूमै निधन भएको छ ।

मृतक झाको पार्थीव शरीर गृहनगर रौतहट लगेर दाहसंस्कार गरिने भएको लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए। दुई वर्षदेखि क्यान्सर रोगसँग पीडित झाको आज बिहान साढे चारबजे निधन भएको श्रीमान एवं पूर्वमन्त्री अनिलकुमार झाले जानकारी दिए।

४२ वर्षीय झा को पार्थिव शरीरलाई रौतहटको मसहरीमा अन्तिम श्रद्धाञ्जलीका लागि लगिने श्रीमान अनिल झाले बताए। उनका एक छोरा छन्।