नेकपा एमाले कञ्चनपुरमा स्थानीय तह निर्वाचनन जिकिँदै गर्दा असन्तुष्टि बढ्दै गएको छ ।
स्थानीय तहको निर्वाचनको मुखमा पार्टीभित्र असन्तुष्टि एमाले कञ्चनपुर ईञ्चार्ज निरु पाल र अध्यक्ष सुरेन्द्र विष्टको कार्यशैलीका कारण चुलिँदै गएको छ ।
पाल र विष्टले आफ्नालाई काखा र अरुलाई पाखा लगाउने प्रवृतिका कारण आसन्न स्थानीय तहको चुनावमा प्रत्यक्ष असर पर्ने भएकाले जिल्ला तहका नेतादेखि वडा तहका कार्यकर्तासमेत असन्तुष्टि भएका छन् । जिल्लाबाट स्थानीय तहको चुनावका लागि प्रमुख र उपप्रमुखको नाम सिफारिस गर्दा आफूनिकटकाहरुको नाम मात्रै पाल र विष्टले सिफारिस गरेको आरोप एक जिल्ला कमिटी सदस्यले लगाए ।
उनीहरुले यसअघि माओवादी रहेका र नेकपा विभाजनपछि १० बुँदे सहमतिपछि एमालेमै बसेकाहरुलाई किनारा लगाउने योजनाअनुसार आफूनिकटकालाई मात्रै स्थानीय तहको उम्मेदवारका लागि सिफारिस गरेका छन् ।
जिल्ला अधिवेशनमा अध्यक्ष पदमा पराजित तथा पूर्व माओवादी नेता रहेको पाताल थापा समूहलगायतलाई किनारा लगाएका छन् । जिल्लाबाट स्थानीय तहबाट उम्मेदवार सिाफरिस गर्दा पाताल समूहलाई वाइपास गरिएको छ ।
