१७ जना कम्युनिस्ट योद्धाहरुलाई एमालेले प्रमाण पत्र दिदै दोसल्ला ओढाएर सम्मान गरेको छ ।
शुक्रबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ७४ औ पार्टी स्थापना दिवसको अवसरमा एमालेले कम्युनिस्ट आन्दोलनमा योगदान पुर्याएका व्यक्तित्वहरू लाई सम्मान गरेको हो ।
टेकनाथ बराल, छत्रबहादुर बोहोरा, दीर्घप्रसाद ढुंगाना, तुलसीराम मिश्र, नानीमैया नकर्मी, कुमार गुरुङ, चतुर व्यञ्जनकार, बसन्तप्रसाद गौचन, भीमबहादुर खतिवडा, हरिप्रसाद शर्मा काफ्ले, लक्ष्मी जोशी, माधवप्रसाद अधिकारी, लक्ष्मी राजवंशी, रामकृष्ण दुवाल, नेत्र ढुंगाना र विष्णु डंगोललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले दोसल्ला ओढाएर सम्मान गरेका हुन्।
ओझेलमा परेका योद्धाहरुलाई प्रत्येक वर्ष सम्मान गर्ने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कार्यक्रममा जानकारी गराए ।
