स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
अध्यक्ष ओलीले यसपटकको स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने आज काठमाडौंमा एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै बताएका हुन्। अहिले तराई, मधेशमा एमालेको लहर आएको विगतमा तराईमा एमालेलाई प्रवेश निषेध गरिएको उल्लेख गर्दै बताए ।
अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गर्दै मधेश प्रदेश एमालेको मजबुद गढ बनेको बताए । उनले भने– ‘हामी बहुमत ल्याउन सक्छौँ । अघिल्लो निर्वाचनमा पनि हामी सरकारमा थिएनौँ । तर हामीले परिणाम राम्रो ल्याएको थियौँ । तराईमा हामीलाई प्रवेश गर्न दिइएको थिएन । यसपल्ट तराईमा एमालेलाई मात्र जनताले स्वागत गर्छ । एमालेलाई मात्रै,अरुलाई स्वागत गर्दैन ।ु
अध्यक्ष ओलीले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कब्जा गर्ने षड्यन्त्र समाप्त पार्नका लागि आफुले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताए । प्रचण्ड, माधव नेपालहरूले संगठन कब्जामा लिइसकेकाले कार्यकर्तामा अपिल गर्न जानुको विकल्प आफुसँग नरहेको उनले उल्लेख गरे ।
राप्रपालाई साझा उम्मेदवार बनाएकाले पाँच दलीय गठबन्धनले झापामा अब छ दलीय गठबन्धन बनेको बताए ।
