विरोधीहरूको वुद्धि र रचनात्मक छैनन् : अध्यक्ष ओली

८ बैशाख २०७९, बिहीबार १४:५४

नेपाली काँग्रेसले अलच्छिन जति बोकेर हिँडेकाले समाप्त हुने एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

काँग्रेसले अहिले हाप्सिला बोकेर हिँडेकाले समाप्त हुने अध्यक्ष ओलीले आज केन्द्रीय सल्लाहकार परिषदको प्रथम बैठकलाई सम्बोधन गर्दै बताएका हुन् । गुणात्मक रुपमा एमाले अघि बढेको भन्दै विरोधीहरूको वुद्धि र रचनात्मक नभएको अध्यक्ष ओलीले बताए ।

यिनीहरुका बुद्धिले यिनीहरुलाई नै सिध्याउँछ’ओलीले प्रतिनिधिसभा विघटन सहि भएको र सोही कुरा बोकेर जनतामा जान निर्देशन दिँदै ओलीले भने, ‘नेपाली काँग्रेस पनि चुनौतीको शक्ति हुन्थ्यो तर राम्रो गर्यो । काँग्रेस अब नीति, विचार, संगठन, व्यवहार ग्रह, दशा वास्तु कुनै हिसाबले पनि अब अलच्छिन जति बोकेर हिँडेको छ ।’

ओलीले भने, ‘कोही हाप्सिला जस्ता छन् । हाप्सिलै हाप्सिला काँध र खोकिलामा बोकेर हिँडेको छ । गठबन्धनसँगै यो पनि समाप्त भएर जाने भो ।’अध्यक्ष ओलीले राजधानीमा आयोजित एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकमा बोल्दै यस्तो भनेका हुन् ।