गौरादहको मेयरमा गोपाल पौड्याल उठ्दै

८ बैशाख २०७९, बिहीबार ०९:५७

झापा गौरादह नगरपालिकाको मेयरमा गोपाल पौड्याल उठ्ने भएका छन ।

लामोसमय मिडिया क्षेत्रमा रहेर हाल राजनीतिमा क्रियाशील पौड्याल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट मेयरमा उठ्दैछन ।

मेयरमा उठ्न लागेका पौड्याल मिडिया नेपालका अध्यक्ष तथा राप्रपा केन्द्रय कार्य सम्पादन समिति सदस्य हुन । गौरादह नपामा अहिले नेपाली कांग्रेसले नेतृत्व गरिरहेको छ ।

आयो खबरसँग कुराकानी गर्दै पौड्यालले जनताले नयाँ शक्तिसहित भिजन भएको नयाँ अनुहारकोे नेता खोजिरहेको बताएका छन ।

‘पटकपटक अरु पार्टीका नेताहरुलाई भोट दियौं तर पटक्कै सुधार हुन सकेन्,अब नयाँ मान्छे आउनुपर्छ भन्ने स्थानीयको चाहना छ, त्यसैले मैले मेयरमा उम्मेदारी दिन लागेको हो,’ उनले भने ।

मुख्य एजेण्डा के छ ?

गौरादह नगरपालिका तत्कालिन ५ ओटा गाविस मिलेर बनेको हो । नगरपालिकाभित्र ५० औं वर्षदेखि नागरिकले जग्गाको नक्सा पाउन सकिररहेका छैनन ।

त्यस्तो जग्गाको नक्सा नहुँदा भोकचलन गर्दै आएका जनताले लोन लिएर कुनै काम गर्न पाएका छैनन । यो समस्यालाई समाधानका लागि मेयरमा उठ्न लागेका पौड्यालले चुनावमा मूख्य एजेण्डाका रुपमा प्रस्तुत गर्दैछन ।

कांग्रेसका स्थानीयदेखि केन्द्रसम्म सरकार बनेपनि जनताको वस्तविक समस्या हल हुन नसकेकाकारण आफूले मेयरमा उम्मेदारी दिएर अघि बढ्न चाहेको पौड्यालको भनाइ रहेको छ ।