प्यूठानमा किन सबै दल एक्लै एक्लै चुनाव लड्छन् ?

७ बैशाख २०७९, बुधबार १४:४०

पाँच दलबीच सहमति हुन नसकेपछि प्यूठानको ऐरावती गाउँपालिकामा सबै दल एक्लै एक्लै चुनाव लड्ने भएका छन् । पाँच दलको पटक पटक बसेको बैठकले ठोस निर्णय निकाल्न नसकेपछि विज्ञप्तिमार्फत जानकारी गराउदै एक्ला एक्लै चुनावमा जाने सहमति भएको हो।

सबै दल एक्लै एक्लै चुनाव लड्ने भएपनि उनीहरु मित्रवतरुपमा चुनावमा जाने सहमति गरेका छन् । आगामी दिनहरुमा पनि गठबन्धनभित्र आपसी समझदारी गरी मित्रवत ढंगले जाने सहमति गरेका हुन्।