स्थानीय चुनावमा दुई पदका लागि एमालेमा प्रवेश गरेका मगर सिफारिस

७ बैशाख २०७९, बुधबार ०९:०९

आसन्न स्थानीय चुनावमा दुई पदका लागि एमालेमा प्रवेश गरेका महोत्तरीको बर्दिबास नगपालिका–७ का वडाध्यक्ष फाल्गुन सुस्लिङ्ग मगर सिफारिस भएका छन् । वडाध्यक्षमा एकल उम्मेदवारका रूपमा र मेयरको उम्मेदवारका लागि दोस्रो नम्बरमा मगर सिफारिस भएका हुन् ।

उम्मेदवार छनोट समितिको निर्णय अनुसार मेयरको उम्मेदवारमा फाल्गुनलाई दोस्रो नम्बरमा र टेकबहादुर बलाम्पालाई पहिलो सिफारिस गरेको एमाले बर्दिबास नगर कमिटी जनाएको छ। मगर ०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

एमालेमा प्रवेश गरेका मगरलाई चुनावको मुखमा मेयर र वडाध्यक्षको उम्मेदवारमा सिफारिस गरिएको हो । मेयरको अन्य दावेदारमा चन्द्रलाल क्यापछाकी, गुन्जबहादुर खड्का, कुमार भण्डारी, सारदादेवी थापा, सन्त परियार, केदारबहादुर बस्नेत र पारद पोखरेल पनि रहेको एमाले बर्दिबास नगर कमिटीका सचिव देवनारायण महतो जानकारी गराए छन् ।