लोसपालाई परित्याग गर्दै मेयर पदका प्रत्यासी रहेका साह एमालेमा प्रवेश

६ बैशाख २०७९, मंगलवार १५:०७

Photo Credit : RatoPati

जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि लोसपा नेपालबाट सिफारिस भएका जानकीराम साह मेयर बन्नका लागि नेकपा एमालेमा प्रवेश गरेका छन् । काठमाडौं स्थित बालकोटमा पुगेर एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट टिका टालो लगाउदै मंगलबार जनकपुरधाम–७ को वडाअध्यक्षमा निर्वाचित भएका साह एमालेमा प्रवेश गरेका हुन् ।

लोसपाबाट टिकट पाउने सम्भावना नदेखेपछि लोसपालाई परित्याग गर्दै मेयर पदका प्रत्यासी रहेका साह एमालेमा प्रवेश गरेका हुन् । लोसपा नेपालले जनकपुरधाम उपमहा नगरपालिकाको मेयर पदका लागि ५ जनाको नाम सिफारिस गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि लोसपाले मेयरका लागि प्रदेशसभा सदस्य परमेश्वर साह, जानकीराम साह, अमर पजियार, मनोज चौधरी र संजय कुमार चौधरीलाई सिफारिस गरेको छ ।