पाँचदलीय गठबन्धन सत्ताका लागि नभई व्यवस्थाको लागि हो : वरिष्ठ नेता पौडेल

६ बैशाख २०७९, मंगलवार १३:५३

पाँचदलीय गठबन्धन सत्ताका लागि नभएको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिकिर गरेका छन् ।

नेता पौडेलले भनेका छन्, पाँचदलीय गठबन्धन सत्ताका लागि नभएर व्यवस्थाका लागि भएको मंगलबार नेविसंघले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने व्यवस्थालाई जोगाउन आफूहरूले गठबन्धन गरेका तर सत्ताकै लागि मात्रै गठबन्धन नगरेको नेता पौडेलको भनाइ छ ।