प्रधानमन्त्रीको व्यस्तताको कारण सत्ता गठबन्धनको बैठक तीन घण्टा पछाडि सारियो

६ बैशाख २०७९, मंगलवार १३:०३

आज बिहान ११ः३० बजे बालुवाटारमा पाँच दलीय सत्ता गठबन्धनको बस्ने भनिएको बैठक दिउँसो २ बजे सारिएको छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कार्यक्रमा व्यस्त हुने भएका कारण तीन घण्टा पछाडि सारिएको हो । आजको बैठकले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनले गर्ने चुनावी तालमेललाई अन्तिम रुप दिएर घोषणा गर्ने भनिएको छ ।

पोखरा महानगरपालिका सहितको विवाद मिलाउन गण्डकी प्रदेशका पार्टी सभापति शुक्रराज शर्मासहितको टोलीलाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौ बोलाएका छन् ।