के पोखरा महानगरपालिका विवाद मिलाउन सक्लान त शुक्रराज शर्मा र देउवाले ?

६ बैशाख २०७९, मंगलवार १२:३५

पोखरा महानगरपालिका सहितको विवाद मिलाउन गण्डकी प्रदेशका पार्टी सभापति शुक्रराज शर्मासहितको टोलीलाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौ बोलाएका छन् ।

कांग्रेस र एकीकृत समाजवादीको पोखरामा छुट्टाछुट्टै लड्ने घोषणासहित विवाद चर्किएर वक्तव्यबाजी भएपछि कांग्रेसका सभापति देउवाले गण्डकी प्रदेशका पार्टी सभापति शुक्रराज शर्मासहितको टोलीलाई काठमाडौ बोलाएका हुन् ।

यसअघि सत्ता गठबन्धनको बैठकबाट पाँच दलबीच भागबन्डा हुँदा कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर, माअ‍ोवादी केन्द्रलाई भरतपुर, जसपालाई वीरगन्ज र नेकपा एसलाई पोखराको नेतृत्व दिने सहमति सझेदार दलबीच भएको थियो ।