विदेशी मुद्रा सञ्चिति घट्दै गएपछी सरकारले आफ्नो सुविधाको इन्धन प्रयोगमा कटौती गर्ने योजना बनाएको छ ।
सरकारले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको हो। सरकारको विदेशी मुद्रा सञ्चिति घट्दै गएको भन्दै गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको थियो ।
अर्थ मन्त्रालयले सोमवार जारी गरेको सूचनामा इन्धन शीर्षकमा विभिन्न मन्त्रालय, निकाय तथा सरकारसँग सम्बद्ध सार्वजनिक संघ–संस्थाले बाँकी बजेटको २० प्रतिशत खर्च कटौती गर्नुपर्ने उल्लेख छ ।
यसमा अत्यावश्यक सवारी साधन, स्थानीय निर्वाचनमा खटिने साधन र शान्ति सुरक्षामा खटिने सवारी साधनको हकमा भने लागू नहुने मन्त्रालयले बताएको छ । सरकारले यो निर्णय असार मसान्तसम्म लागू गर्नेछ ।
