सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेको छ : ओली

५ बैशाख २०७९, सोमबार १६:५१

सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् ।

सत्तारुढ गठबन्धन चुनाव सार्ने षड्यन्त्र गर्न बालुवाटारमा बैठक बसेको सोमबार सोलुखुम्बुमा भएको कार्यक्रममा बोल्दै ओलीले ओलीले आरोप लगाएका हुन् । उनले चुनाव सार्ने षड्यन्त्र नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी पनि दिए । उनले भने, ‘मैले यसअघि पनि प्रधानमन्त्रीज्यूलाई भनिसकेको छु, आज पनि भन्छु, चुनाव सार्ने चेष्टा नगर्नुहोस् ।’

पाँच दलीय गठबन्धनबाट देशलाई जोगाउनु आफ्नो कर्तव्य भएको र आफू त्यसैतर्फ लागिरहेको पनि आज सोलुखुम्बुमा भएको कार्यक्रममा बोल्दै ओलीले बताए ।