कांग्रेस र माओवादीबीच भागबन्डामा कुरा नमिलेपछि संखुवासभामा पाँचदलीय गठबन्धन नहुने भएको छ । पटक–पटक छलफल गर्दा
पनि नेपाली कांग्रेस र गठबन्धनबीच सहमति नजुटेपछि गठबन्धन नुहने भएको हो ।
जिल्लामा स्थानीय तह भागबन्डामा नेपाली कांग्रेस र गठबन्धन बीच चार दिनदेखि छलफल भई बिहीबार बेलुका सहमति भएको थियो । सहमतिअनुसार शुक्रबार संयुक्त हस्ताक्षर गर्ने भनिएकोमा एक्कासि नेकपा माओवादी केन्द्रले सहमतिमा हस्ताक्षर गर्न नमानेपछि गठबन्धनको सम्भावना समाप्त भएको संखुवासभा गठबन्धन जिल्ला संयोजक एवं नेपाली कांग्रेस सभापति दीपक खड्काले बर्ताए।
उनले नेकपा माओवादीबाहेक अन्य दलसँग भने गठबन्धन हुने–नहुने निर्णय नभएको बताए। संखुवासभा जिल्लामा १० स्थानीय तह रहेकामा नेपाली कांग्रेसले २ नगरसहित ३ गाउँपालिका र नेकपा एमालेले ३ नगरसहित २ गाउँपालिकामा जितेको थियो ।जिल्लामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजबादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच चुनावी गठबन्धन गर्ने एक महिनाअघि नै सहमति भएको थियो।
