निलम्बनको निर्णयविरूद्ध महाप्रसाद सर्वोच्चमा, पुनर्बहाली हाेलान् ?

५ बैशाख २०७९, सोमबार ०६:१०

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरूद्ध अदालत गएका छन्।

गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेको थियो । सरकारको उक्त निर्णयविरूद्ध उनी सर्वोच्च अदालत गएका हुन्। सरकारले अधिकारीमाथि छानबिन गर्नुपर्ने भन्दै निलम्बन गरेको थियो।

अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन्।

आफूलाई निलम्बन गर्ने सरकारको निर्णय असंवैधानिक रहेको जिकिर रिट निवेदनमा गरिएको छ । उनले निलम्बनको निर्णय खारेज गरी आफ्नो पुनर्बहालीको माग रिट निवेदनमार्फत गरेका छन् ।