सत्तारूढ गठबन्धनले बनाएको चुनावी तयारी तथा अनुगमन समितिको बैठक बालुवाटारमा बसेको छ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा आज दिउँसो सत्तारूढ गठबन्धनले बनाएको चुनावी तयारी तथा अनुगमन समितिको बैठक बसेको हो।
कुन स्थानीय तहमा कुन दलले उम्मेदवारी दिने भन्नेजस्ता विषयमा छलफल भएको बैठकमा सहभागी सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्। एक, दुई दिनमा हामी कुन स्थानीय तहमा कुन दलले उम्मेदवारी दिने भन्ने निर्णयमा पुग्छौं,’ उनले पत्रकारहरूसँग भने।
सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू आज बिहान पनि चुनाव केन्द्रित छलफलमा जुटेका थिए। महानगर र उपमहानगरमा सोमबारसम्म भागबन्डा गरिसक्ने सहमति उनीहरूबीच भएको थियो।
गठबन्धनका नेताहरू ६ महानगर र ११ उपमहानगरमा कहाँ कुन दलले उम्मेदवारी दिने भन्ने विषयमा अझै टुंगोमा पुगेका छैनन्।
