नेकपा एमालेले कर्णाली प्रदेशका स्थानीय तहमा धमाधम उम्मेदवार सिफारिस गरिरहेको छ भने पाँच दलीय गठबन्धनलाई उम्मेदवार छनोट गर्न गाह्रो परिरहेको छ।
१० जिल्लामा भएको छलफलमा कुनै सहमति नभएको माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी गराएका छन्। मल्लका अनुुसार सबै जिल्लाबाट आएको रिर्पाेट असहमतिको धेरै भएको कारण पार्टीका प्रदेश अध्यक्ष विमला केसीसंग छलफल भइरहेको र ‘रिपोर्ट जे आए पनि प्रदेशबाट सहमति गरेर केन्द्रमा ५ वैशाखसम्म रिपोर्ट पठाइने बताएका छन्।’
आइतबार एकीकृत समाजवादीसँग माओवादीले छलफल गर्न लागेको छ । आफ्नो हैसियतभन्दा ठुलो भाग खोजेपछि सहमति हुन नसकेको नेताहरूले बताएका छन् ।
रुकुम पश्चिममा कुनै पालिका नजितेको कांग्रेसले तीन ६ मध्ये तीन पालिकासहित जिल्ला समन्वय प्रमुख मागेपछि सहमत हुन नसकेको माओवादीका एक नेताले बताए । सदरमुकाम मुसीकोटलाई कांग्रेसले बटमलाइन बनाएकाले समस्या भइरहेको उनको भनाइ छ ।
माओवादी जिल्ला इन्चार्ज गगनबहादुर खड्का अनुसार डोल्पामा एउटा पालिका पनि नजितेको कांग्रेसले सदरमुकामसहित तीन पालिका मागेपछि सहमति हुन सकेको छैन।
