एमाले र राप्रपा नेपालबीच चुनावी तालमेल गर्ने सहमति, सत्ता गठबन्धनमा आबद्ध दलको अवस्था के होला ?

३० चैत्र २०७८, बुधबार १४:५३

नेकपा एमाले र राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ ।

शीर्ष नेताहरूको उपस्थितिमा एमाले पार्टी कार्यालय थापाथलीमा आज चुनावी तालमेल गर्ने सहमति भएको हो ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, युवराज ज्ञवालीलगायतको उपस्थिति चुनावीमा तालमेल गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

यस्तै विरातनगर विमान स्थलमा पत्रकारसंग कुरा गर्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा र विप्लबसँग चुनावी सहकार्य हुनसक्ने बताए थिए।