अर्घाखाँचीको कुन कुन नगरपालिका र गाउँपालिकामा एमालेले उम्मेदवारको टुंगो लगायो ?

२९ चैत्र २०७८, मंगलवार १०:४५

अर्घाखाँचीको दुई नगरपालिका र एक गाउँपालिकामा नेकपा (एमाले) उम्मेदवारको टुंगो लगाएको छ।

अर्घाखाँचीका शितगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका र पाणिनी गाउँपालिकामा पालिकास्तरीय बैठकले उम्मेदवार टुंगो लगाएको हो। भूमिकास्थान नगरपालिकाको प्रमुखमा रेशम थापा, उपप्रमुख बसन्ता पौडेलको टुंगो लागेको एमाले अर्घाखाँची अध्यक्ष पिताम्बर भुसालले बताए।

थापा २०७४ सालको निर्वाचनमा माओवादीबाट भूमिकास्थानको प्रमुखमा विजयी भएका थिए। तर, उनी केहि साताअघि मात्रै एमाले प्रवेश गरेका हुन्। शितगंगा नगरपालिकाको प्रमुखमा वसन्त श्रेष्ठ र उपप्रमुखमा गीता भाट क्षेत्रीलाई सिफारिस गरिएको एमालेले जनाएको छ।

पाणिनी गाउँपालिकाको अध्यक्षका लागि एमालेले टेकराज न्यौपानेको नाम टुंगो लागेको एमाले पाणिनीका अध्यक्ष कमल घिमिरेले बताए।
उपाध्यक्षको नाममा भने विवाद छ। छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिका, सन्धिखर्क नगरपालिकामा केही दिनमै उमेदवारको टुंगो लाग्ने एमाले अर्घाखाँचीले जनाएको छ।