मधेस प्रदेशमा सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक चुनावी तालमेलको विषयमा छलफल गर्न आज बस्ने लागेको छ।
चुनावी तालमेलका केन्द्रमा सत्तारुढ दलले अपिल जारी गरेपछि प्रदेशस्तरमा निर्णय गर्न आज बैठक बोलाइएको कांग्रेस प्रदेश सभापति कृष्ण यादवले बताए। चुनावी तालमेलबारे निर्णय गर्न प्रदेशमा पनि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका प्रदेश अध्यक्ष रहने गरी एक साताअघि कार्यदल गठन भएको थियो।
कार्यदलले २२ गतेसम्ममा पालिका–जिल्ला कमिटी पार्टीसँग आ–आफ्नो संगठनको अवस्थाबारे बुझेर चैत २७ गते बैठक बस्ने निर्णय गरेको थियो। तर गृहकार्य नपुगेको भन्दै आजका लागि बैठक सारिएको थियो। प्रदेशका सबै स्थानीय तहमा गठबन्धन गर्न कांग्रेस इच्छुक देखिएको छैन। तर केन्द्र र गठबन्धनका अन्य चारदलले यहाँ पनि गठबन्धन गर्न दबाब दिइरहेका छन्।
एमाले बलियो भएको क्षेत्रमा पाँच दल मिलेर जाने र पाँच दलबीच प्रतिपर्धा भएको क्षेत्रमा आ–आफ्नो हिसाबले जाने कांग्रेस सभापति यादवले बताएका छन् ।
