अर्थतन्त्रमा ठूलो संकट नआएको र अर्थतन्त्र बाहिर हल्ला भएजस्तो नबिग्रिएको अर्थमन्त्री शर्माको दाबी

२८ चैत्र २०७८, सोमबार १८:१३

आज पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्रा सञ्चिती ६ महिनालाई पुग्ने बताएका छन् ।

अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा रुस र युक्रेन युद्धका कारण मूल्यवृद्धि नियन्त्रण गर्ने चुनौती भएको बताए । शर्माले विदेशी विनिमय सन्चितिलाई बढावा दिनेगरी नीतिगत कदम चालिएको बताए ।

अर्थमन्त्री शर्माले दिएको जानकारी अनुसार वस्तु आयातमा भएको उच्च बृद्धिका कारण व्यापार घाटा अत्यधिक भएको बताए ।
अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखिएकोमा अहिले ४ प्रतिशतमा सीमित हुने अवस्था रहेको बताए ।

उनले राजश्व परिचालन भने अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले वृद्धि भएको बताए । शर्माले मुद्रा स्फितीदर ५ दशमलव ४ प्रतिशत रहेको बताए ।अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रमा ठूलो संकट नआएको र चालू आर्थिक वर्षको अहिलेसम्मका आर्थिक सूचकांकहरु प्रस्तुत गर्दै अर्थतन्त्र बाहिर हल्ला भएजस्तो नबिग्रिएको दाबी उनले गरे।