अर्थमन्त्री शर्माले सम्मेलनमार्फत नेपालको आर्थिक अवस्थाबारे स्पष्ट पार्दे

२८ चैत्र २०७८, सोमबार १५:४९

आज ४ बजे अर्थमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन गर्न लागेका छन् ।

सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि अर्थमन्त्री शर्माको चौतर्फिक रुपमा आलोचना भएपछि उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् । अर्थमन्त्री शर्माले आजको पत्रकार सम्मेलनमार्फत नेपालको आर्थिक अवस्थाबारे स्पष्ट पार्ने जनाईएको छ ।

आइतबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेताहरुले पत्रकार सम्मेलन गरेर अर्थमन्त्री शर्मामाथि गम्भीर आरोप लगाएका थिए ।
पूर्वअर्थमन्त्रीहरु सुरेन्द्र पाण्डे, विष्णु पौडेल र युवराज खतिवडाले गभर्नर अधिकारी निलम्बन र अहिलेको विश्व अर्थतन्त्रमा परेको प्रभावका विषयमा आइतबार संयुक्त पत्रकार सम्मेलनमा व्याख्या गर्दै अर्थमन्त्री शर्मामाथि गम्भीर आरोप लगाएका थिए ।