अध्यक्ष फडेराको घरमा माओवादी कार्यकर्ताले तोडफोड गर्नुको कारण यस्तो छ

२७ चैत्र २०७८, आईतवार १३:१५

गाउँपालिका अध्यक्ष तथा एमाले केन्द्रीय सदस्य दल फडेराको घर माओवादी केन्द्रका कार्यकर्ताहरुले तोडफोड गरेका छन् । अध्यक्ष फडेराका कार्यकर्ताले घरमा तोडफोड गरेको बदलामा शनिबार माओवादीका कार्यकर्ताले उनको घरमा तोडफोड गरेका हुन् ।

शुक्रबार एमाले कार्यकर्ताले अदानचुली गाउँपालिका ३ स्थित फडेरा गाउँका केही पसल र घरमा तोडफोड गरेका कारण बदलामा शनिबार माओवादी कार्यकर्ताले अध्यक्ष फडेराको घरमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी हेरम्भ शर्माले जानकारी दिए ।

प्रहरीका अनुसार शुक्रबार गाउँपालिका अध्यक्षसहित कार्यकर्ताहरुले माओवादी बसेको बेलामा होटल र घरमा उनीहरुमाथि आक्रमण गरेकाले अध्यक्षको घर तोडफोड गरेको जनाएको छ ।

माओवादी नेता तथा कार्यकर्ताहरु माथि एमालेका नेता तथा कार्यकर्ताले आक्रमण गरेका कारण माओवादीका कार्यकर्ताले अध्यक्ष फडेराको घरमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएका छन् ।