के कारण ४ स्थानीय तहमा कांग्रसेले चुनावी तालमेल नगर्ने भयो ?

२५ चैत्र २०७८, शुक्रबार १६:३९

कञ्चनपुरको निर्वाचन क्षेत्र १ का ४ स्थानीय तहमा कांग्रसेले चुनावी तालमेल नगर्ने भएको छ।

कांग्रेस जिल्ला सभापति पदम बोगटीले गराएको जानकरी अनुसार निर्वाचन क्षेत्र १ का कार्यकर्ता चुनावी तालमेलको पक्षमा नदेखिएको भन्दै एक्लै चुनाव लड्ने निर्णय गरिएको हो।

निर्वाचन क्षेत्र १ बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिका छन् । ती चारओटै स्थानीय तहमा तालमेल अस्वीकार्य हुने कांग्रेस क्षेत्रीय समितिले पार्टी सभापतिलाई जानकारी गराएको छ।

कांग्रेस क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय र सचिव बिसराम रानाले सभापतिलाई पठाएको जानकारी पत्रमा तालमेल नगरी चुनावमा जाँदा कांग्रेस एक्लैले सफलता हात पार्ने दाबी गरिएको छ। लालझाडी गाउँपालिका कांग्रेस समितिले यसअघि चुनावी तालमेल नगर्ने औपचारिक निर्णय गरेको थियो।