
सत्तारुढ दलहरूबीच तालमेलको विषयमा कुरा भएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
आज बसेको सत्तारुढ गठबन्धनको बैठकमा चुनाव केन्द्रित कुराकानी भएको पत्रकारहरूसँग कुराकानी गर्दै उनले बताएका हुन्। उनले भने, ‘मुख्य रूपमा निर्वाचन केन्द्रित भएर कुरा भएको छ । सबैतिर तालमेल गरेर नै जाने भन्ने कुरा भयो ।’
यस्तै उनले एक फरक प्रसङ्गमा भरतपुर महानगरको नेतृत्वका बारेमा छलफल नभएको बताए । उलले भने, ‘छलफलबाट निकास निकाल्छौँ । केही समस्या छैन ।’
