मन्त्रीपरिषद्ले सरकारी खर्चमा २० प्रतिशत कटौती गर्ने निर्णयसँगै सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यसबारे थप छलफलपछि निर्णय कार्यान्वयनमा आउने ती मन्त्रीले जानकारी दिए।
सरकारी खर्च घटाउन र सरकारी कार्यालयको सेवा प्रवाहमा सुधार गर्न सरकारी कार्यालयको समय बढाउने र त्यसबापत २ दिन बिदा दिन धेरै अगाडिदेखि सुझाव गए पनि सरकारले कार्यान्वयन गरेको थिएन।
आर्थिक सङ्कट बढेपछि नेपाल राष्ट्र बैङ्कले दिएको सुझाव मन्त्रीपरिषद्ले कार्यान्वयन गरेको हो।
