
अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सिफारिस गरेका छन्। कानुन मन्त्री बनाउन बन्दीलाई सिफारिस गरेको बालुवाटार स्रोतले जनाएको छ। बन्दीको सपथ दिउँसो २ बजेका लागि तय भएको राष्ट्रपति कार्यलयले जनाएको छ ।
संविधान अनुसार, बन्दी अब ६ महिनासम्म मन्त्री रहन सक्नेछन् । संविधानमा सभासद् नरहेको अवस्थामा पनि ६ महिनासम्म मन्त्री बन्न पाउने व्यवस्था छ।
गैर सांसद मन्त्री नियुक्त भएको ६ महिनाभित्र संघीय संसदको सदस्यता नलिए मन्त्री पद स्वतः खारेज हुन्छ। हाल कानुनमन्त्री रहेका दिलेन्द्र बडू उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने देउवाको तयारी छ।
