गठबन्धन कमजोर भएका कारण चाँडै टुट्छ : ओली

२३ चैत्र २०७८, बुधबार १४:४८

सत्तारुढ पाँंचदलीय गठबन्धन कमजोर गठबन्धन भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

अहिले बनेको गठबन्धन कमजोर भएका कारण चाँडै टुट्ने अध्यक्ष आलीले दाबी गरेका छन्।
शान्ति निकेतन माविको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित बाल्दै उनले यस्तो दाबी गरेका हुन् ।

अध्यक्ष आलीले भने, ‘जसरी फल कुहिनेबित्तिकै झर्दैन । उसलाई केही समय लाग्छ । यो गठबन्धनको हालत पनि यस्तै भइसक्यो । कुहिएको फल छुट्न थालेसँंगै गठबन्धन टुट्न थाल्छ।’