
नेकपा एसका नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
माधव कुमार नेपाल नेतृत्व पार्टी नेकपा एकीकृत समाजवादी परित्याग गरी नपालकै गृहनगर गौरबाट नेता तथा कार्यकर्ताहरु नेकपा (एमाले) मा प्रवेश गरेका हुन् ।
नेकपा एकीकृत समाजवादी परित्याग गरी जिल्ला कमिटी सदस्य रामजी शाहको नेतृत्वमा गौर नगरपालिका १ का नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरु पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।
नेकपा एस पार्टी परित्याग गरी आएका नेता तथा कार्यकर्ताहरुलाई एमाले केन्दीय लेखा आयोगका सदस्य राजकिशोर यादवले पार्टी प्रवेश गराएका थिए ।
यस्तै, गौर नगरपालिका ९ निवासी लोसपानिकट मुस्लिम संगठनका केन्द्रीय सदस्य शेख मन्जिर आलम पनि एमाले प्रवेश गरेका थिए ।
