
कलाकारिता क्षेत्रबाट सबैका लोकप्रिय बनेका नायक भुवन केसीले मेयर पदमा उम्मेदवारी दिने भएका छन् । नायक केसी उन्नत लोकतन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार दिने भएका हुन्।
मंगलबार बसेको स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सबै देशका लागि सद्भावना राजदूत सरह भूमिकामा रहेएका केसी काठमाडौंका पुस्तैनी वासिन्दा हुन् । केसी काठमाडौंका पुस्तैनी वासिन्दा भएका कारण काठमाडौं महानगरपालिका भित्रको सम्पदा, समस्या र सम्भावनाको बारेमा राम्रो ज्ञान भएको कारण केसीलाई पार्टीले उम्मेदवारीमा खुला किताब चुनाव चिन्ह सहित निर्वाचनमा सहभागी गराउने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय कार्य समितिको बैठकपछि नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
