
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलको मूल्य वृद्धि गरेको हो । निगमका सहप्रवक्ता पुस्कर कार्कीका अनुसार पेट्रोलियमको भाउ अहिलेसम्मकै उच्च भएको छ।
पेट्रोल प्रतिलिटर १६० रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १४३ रुपैयाँ पुगेको छ। यसैगरी एलपी ग्यासको मूल्य बढेर प्रति सिलिन्डर १,६०० कायम गरिएको छ।
हवाई इन्धन (आन्तरिक) मा ५ रुपैयाँ बढाएर प्रति लिटर १५६ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) अमेरिकी डलर ५० बढाएर प्रति किलि अमेरिकी डलर १.५४५ कायम गरिएको निगमले जनाएको छ।
