परनिर्भरता चुलियाे : ३७ अर्बको धान चामल विदेशबाट आयात

२३ चैत्र २०७८, बुधबार ०७:१३

basmati rice

पछिल्लो समय परनिर्भरता चुलिएको छ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा मात्रै विभिन्न देशबाट नेपालमा करिव ३७ अर्बकाे धान तथा चामल भित्रिएको छ। भन्सार विभागका अनुसार सो अवधिमा कूल ३६ अर्ब ७६ करोड ५१ लाख १९ हजार रुपैयाँको धान तथा चामल नेपाल भित्रिएको विभागले जनाएको छ।

भन्सार विभागको तथ्या‌क अनुसार पछिल्लो आठ महिनामा नेपालले २२ अर्ब ७५ करोड ७९ लाख ९४ हजार रुपैयाँको चामल आयत गरेको छ। सो मूल्यमा ४३ करोड ४१ लाख ३२ हजार ३२२ केजी चामल नेलालले आयात गरेको हो। सोही अवधिमा विभिन्न देशबाट १४ अर्ब ७७ लाख ६३ हजार रुपैयाँको धान नेपालले आयात गरेको छ। सो मूल्यमा ४७ करोड ७३ लाख ११ हजार ९८२ केजी धान नेपाल भित्रिएको विभागले जानकारी दिएको छ।

नेपालमा धान तथा चामल भारत, चीन, दक्षिण कोरिया, ताइवान, थाइल्याण्ड, इन्डोनेसिया, जापान, अमेरिकी, इटाली, बेलायत, भियतनाम र अष्ट्रेलियाबाट भित्रने गरेको छ।

भारतबाट धान मात्र १३ अर्ब ९७ करोड ५५ लाख ८८ हजार रुपैयाँको नेपाल भित्रिएको छ। यस्तै सोही समयमा २२ अर्ब ५७ करोड ४७ लाख ५२ हजार रुपैयाँ चामल भारतबाट नेपालले आयात गरेको देखिन्छ। पछिल्लो आठ महिनामा अमेरिकाबाट १७ करोड ५८ लाख ७३ हजार रुपैयाँको चामल नेपालमा आएको छ।