
केही व्यक्तिले आफूलाई मधेश विरोधी रहेको हल्ला चलाएको एमाले अध्यक्ष केपी ओलीले बताएका छन्।
उनले केही स्वार्थी व्यक्तिले केपी ओली मधेशी विरोधी रहेको हल्ला चलाएको वीरगञ्जमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बताएका हुन्।
केपी ओली मधेश विरोधी हो भन्ने हल्ला चलाए केही स्वार्थी मान्छेहरुले,’ उनले भने, ‘म मधेशको मान्छे। ६० वर्षदेखि म त मधेशको बासिन्दा हो। ६० वर्षदेखि मधेशमा बसेको छु।’
