
स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धन सम्बद्ध दलहरुबीच सहकार्य भैरहेको छ । रुपन्देहीका विभिन्न पालिकाहरुमा पनि गठबन्धनको संयुक्त बैठक आयोजना गरी नगरको जिम्मेवार दिने तयारिमा जुटिरहेका छन् ।
त्यस्तै तिलोत्तमामा पनि पाचँ दलिय गठबन्धनको बैठक सम्पन्न भएको छ । नगरपालिका एमालेको आधार क्षेत्र र बिगतको निर्वाचनमा पनि एमालेले जितेको नगरपालिका हो तर पछिल्लो समय ५ दलिय गठबन्धनले गर्दा एमालेलाई चुनावि मैदानमा उत्रिन निकै चुनाैतिको बिषय बनेको छ।
सबै वडाहरु बाट आएका उम्मेदवारहरु लाई पार्टीको प्रस्ताबको रुपमा रहेको र गठबन्धनले सयुक्त रूपमा फाइनल गर्ने गरि आउने । नगरमा सरकारी बजेटलाई दुरुपयोग गरेर चुनावी गतिविधि गरेकोमा त्यस रको प्रतिकार र प्रतिरोध गरेर जनता सामु जाने निर्णय समेत पाँच दलिय गठबन्धनले गरेको छ ।
चुनावलाई लक्षित गर्दै तिलोत्तमामा क्रियाशिल पाँच दलिय गठबन्धनले संयुक्त रुपमा बैठकको आयोजना गरि नगरको उम्मेदवार घोषणा गर्ने तयारी समेत गरको छ । आउँदो स्थानीय चुनाबमा केन्द्र र जिल्लाको निर्णय लाई आत्मसात गर्दै ।पाँच दलिय गठबन्धनले सबै समेटिने गरि संयुक्त घोषण पत्र बनाएर जाने निर्णय गरेको छ । तिलोत्तमा नगरपालिकामा पनि पाँच दलिय गठबन्धन सहित शसक्त रूपमा प्रतिगमनकारी तत्व र सर्ब सत्ताबादीका विरुद्ध एकजुट भएर जाने सर्बसमत निर्णय गरेको नेकपा माओवादी केन्द्र तिलोत्तमा नगरका प्रवक्ता अनिल चापागाईं (संस्कार) ले जानाकारी दिए ।
उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस नगर सभापति हरिलाल पाण्डे ,नेकपा (माओवादी केन्द्र) नगर अध्यक्ष बेल प्रसाद शर्मा ,नेकपा समाजवादी अध्यक्ष राजेन्द्र सुवेदी , राष्ट्रिय जनमोर्चा प्रतिनिधि शिव राम घिमिरे ,नेपाली काङ्ग्रेस उपसभापति कल्याण पौडेल ,नेकपा समाजवादी इन्चार्ज कृष्ण भुसाल र राष्ट्रिय जनमोर्चा प्रतिनिधि टान ब.केसि लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
