स्थानीय तह निर्वाचनका लागि ओली र कमल थापाबीच तालमेलका छलफल हुदै

२० चैत्र २०७८, आईतवार १८:१७

स्थानीय तह निर्वाचनमा नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच तालमेलका लागि वार्ता समिति बनेको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा चुनावी तालमेलबारे एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच विभिन्न चरणमा छलफल भएको एमाले नेता देवेन्द्र दाहालले बताए ।

‘चुनावी तालमेलबारे विभिन्न चरणमा छलफल भइरहेको छ । दुवै पार्टी चुनावी तालमेल गरेर जाने पक्षमा छौं,’ दाहालले भने । एमालेले राप्रपा नेपालसँग चुनावी तालमेलबारे टुंगो लगाउन दाहाललाई नै जिम्मेवारी दिएर वार्ता समिति बनाउने तयारी गरेको छ ।