ओलीका कारण बेरोजगार उत्पादन गर्ने खालको शिक्षा नीति हट्न सकेन् : प्रचण्ड

२० चैत्र २०७८, आईतवार १५:०४

नेपालमा लामो समयदेखि बेरोजगार उत्पादन गर्ने खालको शिक्षा नीति भएको सत्तासाझेदार दल नेपाल (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

उनले अघिल्लोपटक चुनावी घोषणापत्रमा ८० प्रतिशत व्यावसायिक शिक्षा र २० प्रतिशत मात्रै सैद्धान्तिक शिक्षा समेटिएको आइतबार महोत्तरीमा एक कार्यक्रमलाई सम्बोधन गर्दै बताए ।

आफूहरूले अघिल्लो निर्वाचनमा ८० प्रतिशत व्यावहारिक, प्राविधिक शिक्षा र २० प्रतिशत मात्रै सैद्धान्तिक शिक्षा लागु गर्ने घोषणापत्र बनाए पनि आफैँले बनाएको प्रधानमन्त्री केपी शर्मा ओलीले धोका दिँदा कार्यान्वयन गर्न नसकेको जिकिर गरे ।