
कुमारी बैंक लिमिटेड आजदेखि २० औं वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गरेकाे छ । यस बैंकद्वारा प्रत्येक वर्षको वार्षिकोत्सव विभिन्न कार्यक्रमहरू सम्पन्न गर्दै आएकोले २१ औँ वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न कार्यक्रममध्ये कार्ड र डिजिटल प्रडक्टको विस्तार तथा प्रयोगलाई प्रवर्द्धन गर्ने जनाएको छ ।
यो प्रवर्द्धनलाई अझ सशक्त बनाउने उद्देश्यले बैंकको कार्ड तथा डिजिटल भुक्तानी शाखाले विभिन्न योजना ल्याएको छ ।
यस्ता छन् बैंकका नयाँ योजना :-
१. डेबिट र क्रेडिट कार्डको हकमा- बैंकको वार्षिक उत्सवका अवसरमा चैत्र २० गते कुमारी बैंक लिमिटेडको कार्ड मार्फत POS अथवा अनलाइनबाट भुक्तानी गर्ने पहिलो कारोबारमा २१ प्रतिशत वा अधिकतममा रू. २,१०० सम्म Cash-Back प्रदान गरिनेछ । यो सुविधा ATM बाट पैसा झिक्दा लागू हुनेछैन ।
२. पहिलो पटक Mobile Top Up वा पहिलो QR भुक्तानी गर्दा –
बैंकको वार्षिक उत्सवका अवसरमा Kumari Smart Mobile Banking app प्रयोग गरी पहिलो पटकMobile Top-Up गर्दा वा चैत्र २० गतेको दिन पहिलो QR भुक्तानी गर्दा अधिकतममा रू. २१० सम्मको क्यासब्याक प्राप्त हुनेछ ।
३. हेलिकप्टर मार्फत गोसाइँकुण्ड जाने –
कुमारी बैंकको २१ औं वार्षिकोत्सवको अवसरमा हेलिकप्टर ९सिम्रिक एयर० मार्फत गोसाइँकुण्ड जाने कुमारी बैंकका ग्राहक समूहलाई हवाई यात्रामा अन्य दिनको कुल खर्च भन्दा रू। १२,५०० छुट प्रदान गरिनेछ । यो छुटको प्रावाधान वार्षिकोत्सवदेखि एक महिनासम्म प्राप्त गर्न सकिनेछ ।
४. लक्की-ड्र मार्फत एक ग्राहकलाई दुबई भ्रमण –
बैंकको वार्षिकोत्सवका दिनदेखि सात दिनभित्र Kumari Smart मार्फत QR Payment, Fund Transfer अथवा Mobile Top-up गर्दा लक्की(ड्र मार्फत एक ग्राहकलाई दुबई भ्रमण उपलब्ध हुनेछ । लक्की(ड्र मार्फत छानिएका विजेताले तीन महिनाभित्रमा यस योजनाको उपभोग गर्नुपर्नेछ साथै विजेताले आफुसँग थप एकजना लाई भ्रमण्मा लिएर जान सक्नेछन ।
