
भारत भ्रमण गर्ने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशको बनारस पुगेका छन्। प्रधानमन्त्री देउवा एयर इण्डियाको जहाजमार्फत् बनारस पुगेका उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका हुन्।
प्रधानमन्त्री देउवाले बनारसका मुख्यमन्त्री आदित्यनाथसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवाले त्यहाँका मन्दिरहरुमा दर्शन गर्ने र नेपाली धर्मशालामा जाने कार्यक्रम समेत तय भएको छ ।
तीन दिने भ्रमणका लागि गत शुक्रबार भारतको राजधानी नयाँदिल्ली गएका देउवा बनारसबाट नयाँदिल्ली फर्किने र आजै अपराह्न काठमाडौं प्रस्थान गर्ने कार्यक्रम छ । उनी भारतीय समयअनुसार अपराह्न सवा चार बजे नयाँदिल्लीबाट काठमाडौं प्रस्थान गर्नेछन् ।
