सत्तारूढ पाँचदलीय गठबन्धन अझै एकतावद्ध भएर अघि बढ्छ : प्रधानमन्त्री देउवा

१७ चैत्र २०७८, बिहीबार १२:०९

सत्तारूढ पाँचदलीय गठबन्धन अझै एकतावद्ध भएर अघि बढ्ने प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन्।

उनले पाँचदलीय गठबन्धन तालमेल गरेर स्थानीय चुनावमा जाने पनि बताए।
गठबन्धनलाई सँगसँगै लिएर जाने निर्णय हाम्रो पार्टीले अहिलेको गरेको छ, गठबन्धन झन् एकतावद्ध भएर अघि बढ्छ,’ आज रिपोर्टस् क्लबको कार्यक्रममा बोल्दै देउवाले भने, ‘यहाँ गठबन्धन के हुन्छ भन्ने पनि कुरा आयो, एकताबद्ध हुन्छ चिन्ता नलिनुस्।’

उनले गठबन्धनमा समस्या देखिए मिलाएर जाने पनि बताएका थिए। ‘कुनै अप्ठ्याराहरू आए भने पनि मिलाएर जान्छौं,’ उनले भने। आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने दलहरूसँगको एकतालाई थप बलियो बनाउने देउवाको भनाइ थियो।