
नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई एक्लाएक्लै चुनावमा उत्रिन नेकपा एमाले नेता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले चुनौती दिएका छन् ।
एक्लै लडेर देशभरि एउटा पनि सिट ल्याउन नसक्ने प्रचण्ड र नेपालको पार्टीले उनको दाबी गरेका छन्। एकीकृत समाजवादीले एक मात्रै सिट जिते उनले राजनीति र व्यवसायबाट संन्यास लिएर वृन्दावन जाने बताए । उनले भने ‘उहाँहरूले देशभरबाट एक्लै चुनाव लडेर एक मात्रै सिट जित्नुभयो भने म सबै राजनीति र व्यवसायबाट संन्यास लिएर वृन्दावन जानेछु ।’
उनले आगामी निर्वाचनपछि सत्ता गठबन्धनका दलहरू कहाँ छन् भनेर केपी शर्मा ओलीले बनाएको धरहराको सबैभन्दा माथिल्लो तलाको बार्दलीमा चढ्नुपर्ने अवस्था आउने भक्तपुरको सूर्यविनायकस्थित सिपाडोलमा सञ्चालनमा ल्याएको तरकारी बजारको उद्घाटन कार्यक्रममा टिप्पणी गरे ।
प्रचण्डले कांग्रेसको पुच्छर समातेर राजनीतिको वैतरणी तर्न खोजेको प्रसाईंले आरोप लगाए । प्रचण्डले १५ वर्ष पार्टी हाँक्दा पार्टीलाई घर न घाटको बनाउने कम्युनिस्ट पार्टीकै अपमान गरेको उनको तर्क छ ।
उनले भने, ‘न्यूनतम राजनीतिक नैतिकता पनि नराखी टाउकोको मूल्य तोक्ने वर्गसत्रुसँग घाँटी जोड्नेलाई मैले धेरै टिप्पणी गर्नु छैन, उनीहरूलाई जवाफ दिन प्रकाश सपूतको गीतका १६ मिनेट नै काफी छन् ।ु
