किन ओलीले एमालेलाई सिंगै एक क्विन्टलको र गठबन्धनका दललाई एक एक किलोको ढकको संज्ञा दिए ?

१६ चैत्र २०७८, बुधबार १४:५४

तस्विर सेतोपाटी

पाँच दलीय सत्ता गठबन्धनलाई एक–एक किलोका ढकको संज्ञा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएका छन्। उनले एमालेचाहिँ सिंगै एक क्विन्टलको ढक हो भन्दै आज व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरमा सञ्चालनमा ल्याएको तरकारी बजार उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन्।

ओली उद्घाटन कार्यक्रममा बोल्दै कतिपय साथीहरूलाई लाग्न सक्छ गठबन्धन गरेका छन्। अप्ठेरो पर्न सक्ला भनेर, ‘मैले भन्ने गरेको छु यदि एउटा तराजुमा एक–एक किलोका पाँच वटा ढक एकातिर राख्नुभयो र क्विन्टलको ढक अर्कातिर राख्नुभयो भने के हुन्छ? नेकपा एमाले क्विन्टलको ढक हो। पाँच वटा भनेका एक–एक किलोका ढक हुन्।’

अब कुनै पनि पार्टीले एक्लै एमालेसँग लड्छु भन्ने कुरा नचिताए र नसोचे हुने ओलीले बताए ।